.: आजको बिषय,तपाईको बिचार :.

समय सन्दभ कुराकानि ।

  • Pages

  • Blog Stats

    • 770 hits
  •  

    February 2007
    S M T W T F S
    « Jan   Mar »
     123
    45678910
    11121314151617
    18192021222324
    25262728  

बृहत् सभामा अध्यक्ष प्रचण्डलगायत माओवादीका शीर्ष नेताहरू

Posted by samaya on February 15, 2007

विद्रोहको बाह्राैं वर्षगाँठका अवसरमा माओवादीले अध्यक्ष्ा प्रचण्डसहित प्रमुख नेताहरूको उपस्थितिमा राजधानीमा पहिलोपटक जनप्रदर्शन र सार्वजनिक सभा गरेको हो ।  सभामा हजारौं सहभागी थिएमाओवादीले सशस्त्र संघर्षबाट केन्द्रीय सत्ता कब्जा गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गरेको थियो । एघार वर्ष लामो  सशस्त्र विद्रोहपछि शान्तिपूर्ण वार्तामा आएको माओवादी अन्तरिम संविधानको घोषणापछि तेस्रो ठूलो राजनीतिक शक्तिका रूपमा अन्तरिम व्यवस्थापिकामा प्रवेश गरेको  छ ।

बिहान १० बजेदेखि चक्रपथका १० ठाउँबाट झाँकीसहित सुरु भएको जुलुस खुलामञ्च प्रवेश गरेको थियो । झाँकी, जुलुसका कारण निर्धारित समयभन्दा केही समय  कार्यक्रम ढिला भएको थियो । प्रचण्डसहित केन्द्रीय नेतृत्वको टोली निर्धारित समय तालिकाअनुसार दिउँसो १ बजे नै मञ्चमा पुगेका थिए ।

उनीहरू त्यहाँ पुग्दा माओवादीको युवा संगठन कम्युनिस्ट लिग -वाईसीएल) का टोलीले लालसलाम अर्पण गरेको थियो । प्रचण्डलाई मञ्चमा आउने बेला उद्घोषकले ‘ क. प्रचण्ड लालसलाम’ भनेर नारा लगाएका थिए ।

Leave a Reply

XHTML: You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>