.: आजको बिषय,तपाईको बिचार :.

समय सन्दभ कुराकानि ।

  • Pages

  • Blog Stats

    • 759 hits
  •  

    March 2008
    S M T W T F S
    « Apr    
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  

Archive for March, 2008

प्रचण्डको गाडीको ठक्करपछि कर्फ्यु लाग्यो

Posted by samaya on March 26, 2008

इनरुवा,२६ मार्च/एसएलसी परीक्षाको चिटको बिषयलाई लिएर इनरुवा बजार तनावग्रस्त बनिरहेकै बेला माओवादी अध्यक्ष प्रचण्डको गाडीले स्थानीय बासिन्दालाई ठक्कर दिएपछि स्थिति झन् बिग्रिएको छ ।स्थिति अनियन्त्रित हुन नदिन प्रशासनले कर्फयु आदेश जारी गरेको छ । घटनामा आधा दर्जन भन्दा बढी घाइते भएका छन् । पाहाडे विद्यार्थी लाई मात्र चिट चोर्न दिई मधेशी विद्यार्थीलाई कडाइ गरेको भन्दै स्थानीय मधेशी युवा र मगर समुदायका केही युवाबीच भनाभन चलिरहेको बेला प्रहरीले लाठी चार्ज गरेपछि फोरम सर्मथक युवाले इनरुवा बजार बन्द गराउदै गर्दा स्कटीगँसहित आएको माओवादी अध्यक्ष प्रचन्ड सवार बा १ च ४५५६ नं‍को गाडीले अचानक ठक्कर दिएपछि घाइते भएका हुन् । प्रहरी उपरिक्षक यादवराज खनालका अनुसार माओवादी अध्यक्ष सिराहाको कार्यक्रममा जान लागेको बेला सो घटना हुन पुगेको हो । यसैबीच सो ठक्करको घटनालाई लिएर फोरम र सदभावनाका कार्यकर्ताले दिनभर इनरुवा बजार तनावग्रस्त बनाएका थिए । यता प्रर्दशनकारीले इनरुवा चौकमा रहेको ट्राफिक प्रहरी बिटमा आगजानी गरिदिएका छन् ।

Posted in 1 | Leave a Comment »

वास्तविकता

Posted by samaya on March 25, 2008

दिपमाला राई, यूएसए
धेरै मीठा कल्पना र सपनाहरु छन् मुटुभित्र
जसलाई पूरा गर्न धेरै सम्पत्तिको खाँचो छ
आफू सानो छँदाको सपना साकार पारेर
सन्तुष्टि पाउँदाको क्षण कति आनन्द होला ? भन्ने चासो छ
ती सपनाहरु पूरा गर्न म कुनै रेष्टुरेन्टको
जुठा थालहरु उठाइरहेको हुन्छु
यति जोडेर त्यो गर्छु, उति कमाए त्यो जोड्छु
भन्दै मनमनै म हिसाब गर्छु

लखतरान परेर जब राती डेरा फर्कीन्छु
ढोकाबाट छिर्न नपाउँदै फोनको घण्टी सुन्छु
‘हेलो’ प्रत्युत्तरमा नेपालबाट आमाको स्वर हुन्छ
आमाको फोनसँगै मेरो सपना फेरि एकपटक तुहिन्छ
“धेरै होइन छोरा, दुइ लाख भए हुन्छ, महंगी धेरै बढेको छ”

आफन्तबाट आउने यस्ता प्रत्येक फोनहरुसँगै
मेरो सपनाहरुमा एउटा ठूलो खाडल पर्छ
त्यसैले मेरा सपनाहरु केवल दिवास्वप्न बन्न पुग्छ
खुइय गर्छु भत्किएका सपनाहरु सम्झदा
मुटुभित्र नमज्जाले दुख्छ ।

Posted in 1 | Leave a Comment »

माओवादी र जनमोर्चाको चुनावी तालमेल

Posted by samaya on March 25, 2008

काठमाडौ ,२५ मार्च/नेकपा माओवादी र जनमोर्चा नेपालबीच संविधानसभा निर्वाचनमा तालमेल गर्ने सहमति बनेको छ । आज बनेको सहमति अनुसार चितवन, सिन्धुली, महोत्तरी, सिराहा, सर्लाही, झापा, गोरखा, काठमाडौं र रोल्पामा तालमेल गर्ने सहमति बनेको हो ।दुवै दलका प्रमुख नेताको बैठक बसी सहमति बनेपछि चितवनमा जनमोर्चाका अध्यक्ष अमिक शेरचन र माओवादी वरिष्ठ नेता रामबहादुर थापा बादललाई एक अर्को दलले सघाउने भएका छन् । सिन्धुलीमा माओवादीका सीपी गजुरेल र जनमोर्चाका लिलामणि पोखरेललाई एक अर्काले सघाउने र महोत्तरीमा गिरिराजमणि पोखरेललाई माओवादीले छाडिदिने बताइएको छ । उल्लेखित निर्वाचन क्षेत्रबाहेक अन्य स्थानमा चुनावी तालमेलको सम्बन्धमा दुइ पार्टीबीच छलफल भइरहेको माओवादी सुत्रले बताएको छ ।source : americadarpan.com

Posted in 1 | Leave a Comment »

चितवनमा उम्मेदवार र जनताको अन्तर्क्रिया

Posted by samaya on March 25, 2008

काठमाडौ ,२५ मार्च/नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले चुनाव बिथोल्ने उद्येश्यका साथ भारतबाट हतियार भित्राइएको आरोप लगाउनुभएको छ । आज चितवनमा आयोजित नेतासंग जनताको साक्षात्कार कार्यक्रममा बोल्दै बादलले चुनावको मुखमा सरकारमा रहेका आफ्नो दलको सहमतिविना हतियार ल्याउनुले रहस्य जन्माएको बताउनुभयो।चुनावको मुखमा सरकारले सहमतिविना किन हतियार ल्यायो र चितवनबाट संविधानसभा सदस्यका लागि उम्मेदवार बनेका बादलको प्रश्न थियो । चुनाव बिथोल्ने उद्येश्यले हतियार भित्राइएको आशंका बादलले व्यक्त गर्नुभयो । हतियार भित्राइएकोबारे प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाइ थियो । नयां राष्ट्रिय सुरक्षा नीति नबनाई हतियार भित्राउन नपाइने उहाँको जिकिर थियो ।

चुनावमा वाम तालमेलको सवाल उठाउंदा एमालेले अमेरिका र भारतको इशारामा पन्छिने काम गरेको बादलको आरोप थियो । उहाँले भन्नुभयो-’एमाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इशारामा छ, तालमेल नगरे उसले इतिहासमै नभोगेको गम्भीर परिणाम भोग्नुपर्छ । नयां नेपाल नेपालीले नै बनाउने भन्दै विदेशीले बनाइदेलान् भनी कुरेर बस्नु बेक्कार हुने बादलको भनाइ थियो । चुनाव भाड्न राजा सक्रिय भएको आरोप लगाउदै चुनाव बिथोल्नेलाई निमिट्यान्न पारेर छाड्ने बादलको चेतावनी थियो ।

नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठले लोकतन्त्रको सुदृढीकरण र दीगो शान्तिका लागि कांग्रेसलाई जनताले बहुमत दिलाएर छाड्ने बताउनुभयो। नयां नेपाल निर्माणमा माओवादी अवरोध बनेर तेर्सिएको उहाँको आरोप थियो । उहाँको भनाइ थियो-’जनताले निर्भयपूर्वक मतदान गर्न पाउनुपर्छ । माओवादीले हतियारको चिन्तन नछाडेको भन्दै चितवनबाट कांग्रेसकी उम्मेदवार बनेकी श्रेष्ठले आपत्ती जनाउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले वाम तालमेल नहुने स्पष्ट पार्नुभयो । एमालेको विजय सुनिश्चित देखेर माओवादी आत्तिएको उहाँको भनाइ थियो । वाम तालमेलबारे प्रश्नहरु उठेपछि उहाँले भन्नुभयो-’ हामी तालमेलका लागि तयार थियौं तर माओवादीले आफ्नो हैसियतभन्दा बढी दाबी गर्यो । एमाले राजा जोगाउने खेलमा लागेको हो भन्ने प्रश्नमा उहाँले एमाले मात्रै सच्चा लोकतान्त्रिक गणतन्त्रको पक्षधर रहेको बताउनुभयो । जनमोर्चा नेपालका नेता साध्यबहादुर भण्डारीले वाम तालमेलका लागि समय बितीसकेको बताउनुभयो ।

मानवअधिकारवादी सुबोध प्याकुरेलले चुनावमा माओवादी गतिविधि अराजक बनेको बताउनुभयो । माओवादीले हिंसाको राजनीतिलाई नछाडेको भन्दै उहाँले माओवादीबाट भएका मानवअधिकार हननका गम्भीर घटनाको व्याख्या गर्नुभयो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीले नेताहरु जनतामाझ एकसाथ उपस्थित भएर आफ्ना कुरा राख्न पछि हट्न नहुने बताउनुभयो ।

Source: americadarpan.com

Posted in 1 | Leave a Comment »