.: आजको बिषय,तपाईको बिचार :.

समय सन्दभ कुराकानि ।

  • Pages

  • Blog Stats

    • 759 hits
  •  

    March 2008
    S M T W T F S
    « Apr    
     1
    2345678
    9101112131415
    16171819202122
    23242526272829
    3031  

चितवनमा उम्मेदवार र जनताको अन्तर्क्रिया

Posted by samaya on March 25, 2008

काठमाडौ ,२५ मार्च/नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले चुनाव बिथोल्ने उद्येश्यका साथ भारतबाट हतियार भित्राइएको आरोप लगाउनुभएको छ । आज चितवनमा आयोजित नेतासंग जनताको साक्षात्कार कार्यक्रममा बोल्दै बादलले चुनावको मुखमा सरकारमा रहेका आफ्नो दलको सहमतिविना हतियार ल्याउनुले रहस्य जन्माएको बताउनुभयो।चुनावको मुखमा सरकारले सहमतिविना किन हतियार ल्यायो र चितवनबाट संविधानसभा सदस्यका लागि उम्मेदवार बनेका बादलको प्रश्न थियो । चुनाव बिथोल्ने उद्येश्यले हतियार भित्राइएको आशंका बादलले व्यक्त गर्नुभयो । हतियार भित्राइएकोबारे प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाइ थियो । नयां राष्ट्रिय सुरक्षा नीति नबनाई हतियार भित्राउन नपाइने उहाँको जिकिर थियो ।

चुनावमा वाम तालमेलको सवाल उठाउंदा एमालेले अमेरिका र भारतको इशारामा पन्छिने काम गरेको बादलको आरोप थियो । उहाँले भन्नुभयो-’एमाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इशारामा छ, तालमेल नगरे उसले इतिहासमै नभोगेको गम्भीर परिणाम भोग्नुपर्छ । नयां नेपाल नेपालीले नै बनाउने भन्दै विदेशीले बनाइदेलान् भनी कुरेर बस्नु बेक्कार हुने बादलको भनाइ थियो । चुनाव भाड्न राजा सक्रिय भएको आरोप लगाउदै चुनाव बिथोल्नेलाई निमिट्यान्न पारेर छाड्ने बादलको चेतावनी थियो ।

नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठले लोकतन्त्रको सुदृढीकरण र दीगो शान्तिका लागि कांग्रेसलाई जनताले बहुमत दिलाएर छाड्ने बताउनुभयो। नयां नेपाल निर्माणमा माओवादी अवरोध बनेर तेर्सिएको उहाँको आरोप थियो । उहाँको भनाइ थियो-’जनताले निर्भयपूर्वक मतदान गर्न पाउनुपर्छ । माओवादीले हतियारको चिन्तन नछाडेको भन्दै चितवनबाट कांग्रेसकी उम्मेदवार बनेकी श्रेष्ठले आपत्ती जनाउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले वाम तालमेल नहुने स्पष्ट पार्नुभयो । एमालेको विजय सुनिश्चित देखेर माओवादी आत्तिएको उहाँको भनाइ थियो । वाम तालमेलबारे प्रश्नहरु उठेपछि उहाँले भन्नुभयो-’ हामी तालमेलका लागि तयार थियौं तर माओवादीले आफ्नो हैसियतभन्दा बढी दाबी गर्यो । एमाले राजा जोगाउने खेलमा लागेको हो भन्ने प्रश्नमा उहाँले एमाले मात्रै सच्चा लोकतान्त्रिक गणतन्त्रको पक्षधर रहेको बताउनुभयो । जनमोर्चा नेपालका नेता साध्यबहादुर भण्डारीले वाम तालमेलका लागि समय बितीसकेको बताउनुभयो ।

मानवअधिकारवादी सुबोध प्याकुरेलले चुनावमा माओवादी गतिविधि अराजक बनेको बताउनुभयो । माओवादीले हिंसाको राजनीतिलाई नछाडेको भन्दै उहाँले माओवादीबाट भएका मानवअधिकार हननका गम्भीर घटनाको व्याख्या गर्नुभयो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष कृष्ण गिरीले नेताहरु जनतामाझ एकसाथ उपस्थित भएर आफ्ना कुरा राख्न पछि हट्न नहुने बताउनुभयो ।

Source: americadarpan.com

Leave a Reply

XHTML: You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>