प्रचण्डको गाडीको ठक्करपछि कर्फ्यु लाग्यो
Posted by samaya on March 26, 2008
इनरुवा,२६ मार्च/एसएलसी परीक्षाको चिटको बिषयलाई लिएर इनरुवा बजार तनावग्रस्त बनिरहेकै बेला माओवादी अध्यक्ष प्रचण्डको गाडीले स्थानीय बासिन्दालाई ठक्कर दिएपछि स्थिति झन् बिग्रिएको छ ।स्थिति अनियन्त्रित हुन नदिन प्रशासनले कर्फयु आदेश जारी गरेको छ । घटनामा आधा दर्जन भन्दा बढी घाइते भएका छन् । पाहाडे विद्यार्थी लाई मात्र चिट चोर्न दिई मधेशी विद्यार्थीलाई कडाइ गरेको भन्दै स्थानीय मधेशी युवा र मगर समुदायका केही युवाबीच भनाभन चलिरहेको बेला प्रहरीले लाठी चार्ज गरेपछि फोरम सर्मथक युवाले इनरुवा बजार बन्द गराउदै गर्दा स्कटीगँसहित आएको माओवादी अध्यक्ष प्रचन्ड सवार बा १ च ४५५६ नंको गाडीले अचानक ठक्कर दिएपछि घाइते भएका हुन् । प्रहरी उपरिक्षक यादवराज खनालका अनुसार माओवादी अध्यक्ष सिराहाको कार्यक्रममा जान लागेको बेला सो घटना हुन पुगेको हो । यसैबीच सो ठक्करको घटनालाई लिएर फोरम र सदभावनाका कार्यकर्ताले दिनभर इनरुवा बजार तनावग्रस्त बनाएका थिए । यता प्रर्दशनकारीले इनरुवा चौकमा रहेको ट्राफिक प्रहरी बिटमा आगजानी गरिदिएका छन् ।