धादिङ जिल्लामा पहिलोपटक कविता भट्ट सम्पादक प्रकाशक रहनुभएको ‘आजको सेरोफेरो’ नामक साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ ।
धादिङमा प्रथम महिला सम्पादक
Posted by samaya on February 15, 2007
Posted in Uncategorized | Leave a Comment »
राजधानीमा ६२ बर्ष पछि हिउँ
Posted by samaya on February 15, 2007
राजधानीमा मंगलवार साँझ देखि अविरल रुपमा भईरहेको बर्षा पछि बुधवार दिउँस अचानक हिउँ परेको छ । मौसमबिद्हरुका अनुसार राजधानीमा हिउँ परेको यो क्षण ६२ बर्ष पछि आएको भन्ने रहेको छ । मौसम विभागका अनुसार बि.स. २००१ साल पुस २३ गते पनि राजधानीमा हिउँ परेको थियो
मौसम विभागका अनुसार लगातार बर्षावाट परेको हिउँ भने जमिनको तापक्रम बढी भएको कारण जम्म सकेन । बुधवार दिउँस राजधानीको तिनकुने, विमानस्थल, बालाजु, भक्तपुर, गोदावरी लगायत विभिन्न स्थानमा करिब आधा धन्टा हिउँ परेको थियो
Posted in Uncategorized | Leave a Comment »
सर्वसाधारणको कब्जामा तीन माओवादी
Posted by samaya on February 15, 2007
बैतडीको चौखाम गाविसस्थित श्रीभावरमा थानीय बासिन्दा र नेकपा माओवादी कार्यकर्ताबीच भएको झडपका क्रममा गाउँलेहरूले नियन्त्रणमा लिएका तीन माओवादी कार्यकर्ताको अवस्था अज्ञात रहेको छ ।
Posted in Uncategorized | Leave a Comment »
सरकारसंग तराई मुक्तिमोर्चा वार्तामा आउने
Posted by samaya on February 15, 2007
सरकारले आहवान गरेअनुरूप तराई मुक्तिमोर्चा (ज्वालासिंह समूह) वार्तामा आउने भएको छ ।
Posted in Uncategorized | Leave a Comment »
“कार्वाहीका लागि सिफारिस “ओलीको भनाई
Posted by samaya on February 5, 2007
उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री केपी शर्मा ओलीले रायमाझी आयोगले दोषी ठहर्याएकामध्ये केहीलाई कार्वाही गर्नका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सिफारिस पठाएको बताउनुभएको छ ।
रायमाझी आयोगको प्रतिवेदन कार्यन्वयन गर्न सरकारले बनाएको समितिका संयोजकसमेत रहनुभएका उप-प्रधानमन्त्री ओलीले समितिको आइतबार बिहान बसेको बैठकले कार्वाहीका लागि प्रधानमन्त्रीलाई सिफारिस गरेको जानकारी दिनुभयो
Posted in Uncategorized | 1 Comment »
सुनसरीमा मिडिया मिसन टोली
Posted by samaya on February 5, 2007
तराईमा बढिरहेको आन्दोलनसँगै सञ्चारक्षेत्रमा समेत आक्रमण बढ्न थालेपछि त्यसको अनुगमनका लागि काठमाडौंबाट आएको तीन सदस्यीय नेपाल पत्रकार महासङ्घको मिडिया मिसन टोलीले शनिबार सुनसरीको सञ्चारक्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएको छ ।
पत्रकार महासङ्घका केन्द्रीय सभापति बिष्णु निष्ठुरीको नेतृत्वमा आएको टोलीले मधेशी जनअधिकार फोरमका सुनसरी सभापति एसएन मेहेतासँग भेट गरी पत्रकारलाई दिइएको धम्कीका विषयमा छलफल गरेको छ ।
Posted in Uncategorized | Leave a Comment »
आठदलको बैठकमा आनन्दीदेवी सहभागी नहुने
Posted by samaya on February 5, 2007
सद्भावना आनन्दीदेवीले मधेशका मागहरूका सम्बन्धमा छलफल गर्न बाहेक अन्य काममा आठदलको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मधेशका मागहरूलाई स्पष्ट रूपले सम्बोधन नगर्दासम्म आठदलका अन्य बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
Posted in Uncategorized | Leave a Comment »
वीरगञ्जमा गोली चल्यो, ४ घाइते
Posted by samaya on February 5, 2007
शुक्रबार वीरगञ्जमा प्रर्दशनकारीहरूमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागी चार प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ । वीरगञ्जमा स्थानीय प्रशासनले बिहान ८ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।
Posted in Uncategorized | Leave a Comment »
हतियार प्रमाणीकरण टोलीद्वारा ८ सय लडाकु दर्ता
Posted by samaya on February 5, 2007
narayngragh4feb2007कैलालीमा रहेको माओवादीको सातौं डिभिजनको मुख्य शिविर तालबन्दमा संयुक्त राष्ट्र सङ्घीय हतियार प्रमाणीकरण टोलीले हतियार नभएका ८ सय लडाकुहरूको दर्ता गरेको छ । दर्ता गरिएका लडाकुहरूमा १५ प्रतिशत महिला रहेको सातौं डिभिजन कमाण्डर महेन्द्र शाही प्रज्वलले बताउनुभयो ।
शनिबार देखि शुरु भएको लडाकु दर्ताकार्य साँझ ७ बजेसम्म चलेको बताइएको छ । लडाकुले भर्नुपर्ने फाराम भरिसकेकाले लडाकु दर्तामा सजिलो र दर्तामा कुनै विवाद नभएको कमाण्डर प्रज्वलले बताउनुभयो/ आइतबार प्रमाणीकरण भएपछि मात्रै सोमबारदेखि कण्टेनरमा हतियार भण्डारण गरिने सहमति भएकोसमेत कमाण्डर प्रज्वलले बताउनुभयो ।/
‘सहायक शिविरका लडाकुलाई सातौं डिभिजनमा बोलाएर दर्ता गरिने छ’ उहाँले भन्नुभयो- ‘तालबन्दमा रहेको मुख्य शिविरमा २ हजार १ सय, गोरङ्गेमा १ हजार २ सय ५०, बढैपुरमा १ हजार २ सय ५० र सहजुरको सहायक शिविरमा ९ सय ५० लडाकु रहेका छन् ।’
यसअघि तालबन्दमा खटिएको भुतपूर्व गारेखा सैनिकको १४ सदस्यीय टोली पनि प्रमाणीकरण र दर्ता कार्यमा संलग्न छ
Posted in Uncategorized | Leave a Comment »
सर्लाहीमा ३ को मृत्यु50 घाइते
Posted by samaya on February 5, 2007
निषेधाज्ञाको उलङ्घन गर्दै सर्लाहीको मलङ्गवामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । भने 50 भन्दा बढी घाइते भएका छन् ।
Posted in Uncategorized | Leave a Comment »